काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.को आइपिओ पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। आजदेखी सर्वसाधरणका लागि निष्काशन गरेको एक करोड २० लाख कित्ता र कम्पनीका संस्थापकको दुई करोड ८० लाख कित्ता गरी कूल चार करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएको उक्त शेयर आईतबारदेखि दोस्रो बजारमा कारोबार गर्न पाईने भएको छ । पहिलो कारोबारका लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसा सम्मको मूल्य रेञ्ज तोकिएको छ ।
पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थको तीन गुणा बढिसम्म रेञ्ज तोक्न सकिने व्यवस्था रहेको छ। रिलायबल नेपाल लाइफको कारोबारका लागि ‘आरएनएलआई’ संकेत तोकिएको छ।