Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कृषि क्षेत्र सुधार्न मुक्तिनाथ बैंकले ल्यायो मुक्तिनाथ कृषि कम्पनी,यस्ता छन् यसका फाइदाहरु...

कृषि क्षेत्र सुधार्न मुक्तिनाथ बैंकले ल्यायो मुक्तिनाथ कृषि कम्पनी,यस्ता छन् यसका फाइदाहरु...

  • मंगलवार, भाद्र २६ २०८०

  • 1.2K
    SHARES

  • कृषि क्षेत्र सुधार्न मुक्तिनाथ बैंकले ल्यायो मुक्तिनाथ कृषि कम्पनी,यस्ता छन् यसका फाइदाहरु...

    काठमाडौं। पछिल्लो समय संकटमा रहेको बैंकिङ् क्षेत्र सुधारका लागी सरकारले समयमै कदम चाल्नुपर्नेमा जानकारहरुले जोड दिएका छन्। खस्किँदो वर्तमान बैंकिङ् क्षेत्रले देशलाई नै चुनौति थपेको भन्दै यसलाई सुधार्न जरुरी रहेको बताएका छन् ।

    मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनि लिमिटेडका अध्यक्ष भरतराज ढकालले नेपाली रेडियो नेटवर्कको कार्यक्रम छलफल चौतारीमा सहभागी हुँदै अहिले हरेक बैंकले बजारमा गरेको लगानि उठाउन चुनौति बढ्दै गएकोले यसले राज्यलाई नै राजस्व संकलनमा चुनौति खडा गरेको बताउनु भयो।

    यसलाई सुधार गर्न राज्यले समयमै विकल्पहरु खोज्नुपर्ने र त्यसको लागी कृषि क्षेत्र नै उत्तम बिकल्प भएको बताउनु भयो। त्यसलाई नै मध्यनजर गरेर मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा ल्याईएको बताउनु भयो। यस कार्यक्रममा आकर्षण बढेको र यसबाट बढ्दो बैदेशिक पलाएन रोकेर देशको अर्थतन्त्र चलाएमान बनाउन सहजता मिल्ने दाबी गर्नुभयो।

    यस कार्यक्रमलाई आम सर्वसाधरण सामु पुराउन र कृषिमार्फत देशको समृद्धी हासिल गर्न भने राज्यले अझै महत्वपुर्ण भुमिका खेल्न जरुरी रहेको बताउनुभयो। खास गरेर राज्यले ऐलेसम्म उचित ऐन कानुन बनाउन नसकेको भन्दै ढकालले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

    देशको समृद्धिमा राज्य एक्लै चाहेर सम्भव नभएकोले निजि तथा बैंकिङ क्षेत्रलाई साथमै लिएर जानुपर्नेमा जोड दिनुभयो। अहिले मुक्तिनाथ कृषि कम्पनीले युवा र कृषकहरुलाई लक्षित गरि परामर्श र तालिम दिइरहेकोले यसमा जोडिएर लाभ लिन र स्वरोजगार बन्न आग्रह गर्नुभयो।

    बजारमा सोचे अनुसारको व्यापार नभएपछी बैंकको कर्जा तिर्न व्यवसायीहरुलाइ समस्या सृजना भएको र व्यवसायीहरु पलायन हुन थालेको भन्दै यस कार्यक्रमले त्यसको उन्मुलनका लागी ठुलो भुमिका खेल्ने ढकालले विश्वास व्यक्त गर्नुभयो ।

     


    मंगलवार, भाद्र २६ २०८००७:४१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij