Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चुम्बन प्रकरण : स्पेनिस एफएका अध्यक्ष रुबियालेसद्वारा राजीनामा

चुम्बन प्रकरण : स्पेनिस एफएका अध्यक्ष रुबियालेसद्वारा राजीनामा

  • सोमवार, भाद्र २५ २०८०

  • 535
    SHARES

  • चुम्बन प्रकरण : स्पेनिस एफएका अध्यक्ष रुबियालेसद्वारा राजीनामा

    काठमाडौं । महिला विश्वकपको फाइनल खेलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हरमोसोलाई चुम्बन गरेको विषयमा आलोचना खेपिरहेका स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष लुइस रुबियालेसले पदबाट राजीनामा दिएका छन् ।

    ३३ वर्षीय हरमोसोले सो चुम्बन सहमतिमा नभएको बताउँदै मंगलबार रुबियालेसविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । रुबियालेसले आफ्नो राजीनामा कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई बुझाएको जानकारी दिएका छन् ।

    ‘म मेरो कामलाई जारी राख्न सक्दिनँ,’ पियर्स मोर्गनको टेलिभिजन कार्यक्रममा उनले भने । ४६ वर्षीय रुबियालेसले यूईएफएको कार्यकारी समितिको उपाध्यक्षको पदबाट पनि राजीनामा दिएका छन् ।

    चुम्बन प्रकरणले स्पेनिस फुटबल घेरिँदा महिलाको टोलीले जितेको विश्वकपको उपाधि नै ओझेलमा परेको थियो । रुबियालेसमाथि सुरुदेखि नै राजीनामाको दबाब परे पनि उनले त्यसलाई अस्वीकार गर्दै आइरहेका थिए । उनलाई विश्व फुटबलको नियामक निकायले भने निलम्बन गरिसकेको थियो ।


    सोमवार, भाद्र २५ २०८००७:१७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij