Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई धरौटीमा छाड्न आदेश, कोसँग कति धरौटी माग ?

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई धरौटीमा छाड्न आदेश, कोसँग कति धरौटी माग ?

  • आइतवार, भाद्र २४ २०८०

  • 2.0K
    SHARES

  • ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई धरौटीमा छाड्न आदेश, कोसँग कति धरौटी माग ?
    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।
     
    न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
     
    बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।
     
    यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरू पक्राउ परेका थिए ।
     
    कोसँग कति धरौटी माग ?
     
    केशव तुलाधर,साधारण तारेखमा रिहा,
     
    शिवजी भट्ट–३ लाख ३० हजार
     
    रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
     
    बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार 
     
    कलाधर देउजा –१५ लाख
     
    घमन कुमार कार्की– ७ लाख ५० हजार
     
    गोपाल कार्की –७ लाख ५० हजार 
     
    विनोद पौडेल– १५ लाख
     
    योगराज पौडेल– ७ लाख ५० हजार
     
    नारायणराज मिश्र –७ लाख ५० हजार
     
    अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
     
    ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार 
     
    बाबुराजा महर्जन– १ लख १० हजार
     
    देवनारायण महर्जन – १ लाख १० हजार
     
    सकलानन्द महर्जन– १ लाख १० हजार 
     
    सञ्जय कुमार महर्जन– १ लाख १० हजार
     
    लोकहरि घिमिरे –७ लाख ५० हजार


    आइतवार, भाद्र २४ २०८००४:३१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij