काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज आइतबार भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदैछ। आजको यो खेललाई निकै रोमान्चक मानिएको छ ।
खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुने छ। सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ।
यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुदैछ। समुह चरणमा भएको खेल वर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए।
सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि वर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन ‘रिजर्भ डे’ हुने भएको छ।