Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बलात्कारको घटना पाँच सयमा मिलापत्र गराउने बझाङका ६ जना पक्राउ

बलात्कारको घटना पाँच सयमा मिलापत्र गराउने बझाङका ६ जना पक्राउ

  • मंगलवार, आश्विन २० २०७७

  • 1.3K
    SHARES

  • बलात्कारको घटना पाँच सयमा मिलापत्र गराउने बझाङका ६ जना पक्राउ

    बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटना गाउँमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई हिजो पक्राउ गरेको हो । पक्राउ पर्नेमा २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरू दमाई र ५५ वर्षीय गल्फे बोहरा छन् । उनीहरूले गत साउन २९ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए ।

    घटना बाहिर आउन नदिन उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए । मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो । त्यसरी मिलापत्र गराएको एक महिनापछि बोहराले असोज ७ गते बुधबार सोही ठाँउकी १२ वर्षीया सम्झना बिकको बलात्कार पछि हत्या गरेका थिए ।


    मंगलवार, आश्विन २० २०७७०३:००:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij