काठमाडौं । शेयर बजार परिसुचक नेप्से आज फेरी राताम्मे भएको छ । साताको अन्तिम कारोबार दिन आज कारोबारमा आएका १३ वटै समूहका परिसूचक घटेर बन्द भएको छ ।
सबै समूह घटेसँगै परिसूचक २८.९२ अंकले घटेर १९३२.४५ विन्दुमा बन्द भएको छ। सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ। यो समूहको परिसूचक २.५२ प्रतिशतले घटेको छ। आज दिनभरिनै नेप्से ओरालो लागेको थियो।
यस दिन एक अर्ब १५ करोड रूपैयाँको सेयर कारोबार भएको छ। घटेको बजारमा सर्वाधिक कमाउनेमा शुभम् पावर लिमिटेड रहेको छ। यो समूहको परिसूचक १० प्रतिशत अर्थात ६२ रुपैयाँ ८० पैसा वृद्धि भएर प्रतिकित्ता ६९१ रुपैयाँमा कारोबार भएको छ।
बाराही हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७१ प्रतिशतले घटेर ३१६ रुपैयाँमा करोबार भएको छ । २७६ धितोपत्रको ३७ लाख ६९ हजार ३३ कित्ता खरिद–बिक्री भएको छ ।