Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन

राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन

  • बुधवार, भाद्र २० २०८०

  • 599
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । बुधबार(आज) दिउँसो राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको हो। सो अवसरमा उहाँले कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आराधना र प्रसाद ग्रहणसमेत गर्नुभएको थियो ।
     
    आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णाष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।
     
    किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।


    बुधवार, भाद्र २० २०८००५:१२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij