Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसिया कप क्रिकेट: नेपाल भारतसँग १० विकेटको पराजित

एसिया कप क्रिकेट: नेपाल भारतसँग १० विकेटको पराजित

  • मंगलवार, भाद्र १९ २०८०

  • 785
    SHARES

  • एसिया कप क्रिकेट:  नेपाल भारतसँग १० विकेटको पराजित

    काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत खेलमा नेपाल भारतसँग १० विकेटको पराजित भएको छ । २३१ रनको लक्ष्य दिए पनि वर्षाका कारण प्रभावित भएपछि भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो ।

    भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो । भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए ।

    डक वर्थ लेविस नियमअनुसार ओभर घटाएर २३ मा झारियो । भारतले पाएको नयाँ चुनौतीअनुसार १४५ रन बनाउनु पर्ने थियो ।

    यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने यो जितसँगै 'सुपर फोर' मा पुगेको छ । समूह 'ए' बाट पाकिस्तान यसअघि नै 'सुपर फोर' मा पुगिसकेको छ ।

    समूह 'बी' बाट 'सुपर फोर' मा पुग्ने टोलीको टुङ्गो भोलि मङ्गलवार हुने श्रीलङ्का र अफगानिस्तानबीचको खेलबाट लाग्नेछ । 

    सुपर फोर का खेल पर्सि बुधवारदेखि हुनेछ । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।


    मंगलवार, भाद्र १९ २०८००६:३५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij