Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

  • सोमवार, भाद्र १८ २०८०

  • 1.8K
    SHARES

  • नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

    काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोड्यो।

    नेपालको पालीमा आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए। गुल्सन झाले पनि २३ रन जोडे।

    नेपालले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेको थियो। त्यसपछि १०१–४ को अवस्थामा पुगेको नेपाललाई आसिफ,गुल्सन, दीपेन्द्र र सोमपालले उद्धार गरेका हुन्।

    सोमपालले सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० र आठौँ विकेटका लागि सन्दीप लामिछानेसँग ३४ रनको साझेदारी गरे।


    सोमवार, भाद्र १८ २०८००७:५७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij