Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाललाई तेस्रो झट्का, कप्तान रोहित पौडेल ५ रनमा आउट

नेपाललाई तेस्रो झट्का, कप्तान रोहित पौडेल ५ रनमा आउट

  • सोमवार, भाद्र १८ २०८०

  • 1.2K
    SHARES

  • नेपाललाई तेस्रो झट्का, कप्तान रोहित पौडेल ५ रनमा आउट

    काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।

    ५ रन बनाएका कप्तान रोहित पौडेल स्लिपमा क्याच भएका हुन् । यसअघि १७ बल खेलेका भीम सार्की ७ रन जोडेर आउट भएका थिए ।कुशल भुर्तेल ३८ रनमा पेबेलियन फर्किएका थिए ।

    यो समाचार तयार पार्दासम्म नेपालले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन जोडेको छ । नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।

    पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।

    यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ । वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ ।


    सोमवार, भाद्र १८ २०८००४:४९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij