काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भिम सार्की ७ रन बनाएर आउट भए । उनलाई भारतका रविन्द्र जडेजाले बोल्ड आउट गराए ।
यसअघि नेपालले कुशल भुर्तेलको रुपमा ८९ रन बनाएको छ ।