Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली टोलीमा एक परिवर्तन, यस्तो छ प्लेइङ ११

नेपाली टोलीमा एक परिवर्तन, यस्तो छ प्लेइङ ११

  • सोमवार, भाद्र १८ २०८०

  • 1.6K
    SHARES

  • नेपाली टोलीमा एक परिवर्तन, यस्तो छ प्लेइङ ११

    काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।श्रीलंकाको पल्लेकेले रंगशालामा भारतले टस जितेर बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दैछ ।

    नेपाली टोलीले एक परिवर्तन गरेको छ । पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन् । समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ ।

    नेपालले विश्व क्रिकेटको ठुलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो । दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुपर फोरमा पुग्ने लक्ष्यमा हुनेछन् ।यस समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ ।

    वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंक विहिन छ । भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् ।

    नेपालको प्लेइङ ११:

    आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

    भारतको प्लेइङ ११ :

    रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव


    सोमवार, भाद्र १८ २०८००३:०४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij