Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

  • सोमवार, भाद्र १८ २०८०

  • 1.4K
    SHARES

  • भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
    काठमाडौं । एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ ।
     
    पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । 
     
    समूह ‘ए’ बाट पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । नेपाल र भारतबीचको खेलमा विजयी हुने टोली पनि ‘सुपर फोर’ चरणमा पुग्नेछ । त्यसैले यो खेल नेपाल र भारत दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ ।


    सोमवार, भाद्र १८ २०८००२:५९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij