काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
लगातार चार खेल जित्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। चौथो जित निकाल्ने क्रममा नेपालले आज कतारलाई ९ विकेटले पराजित गरेको हो।मलेसियाको बांगीमा कतारले दिएको ७५ रनको विजयी लक्ष्य नेपालले १० औं ओभरमा भेट्टाएको हो ।
नेपालले अर्को खेलमा बुधबार यूएईसँग खेल्ने छ।