Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाल्पाका सांसद भन्छन्, ‘राणा फाल्यौँ, राजा फाल्यौँ, अब नवसामन्तवादको पालो’

पाल्पाका सांसद भन्छन्, ‘राणा फाल्यौँ, राजा फाल्यौँ, अब नवसामन्तवादको पालो’

  • सोमवार, आश्विन १९ २०७७

  • 2.0K
    SHARES

  • पाल्पाका सांसद भन्छन्, ‘राणा फाल्यौँ, राजा फाल्यौँ, अब नवसामन्तवादको पालो’

    काठमाडौँ – प्रदेश ५ का प्रदेशसभा सदस्य वीर बहादुर रानाले बुटवलबाट राजधानी सार्ने प्रस्ताव फिर्ता नलिए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।

    उनले राजधानी छनौटका लागि गठित समितिले दिएको सिफारिसको कुनै वास्ता नगरेर केही व्यक्तिहरुको निर्देशनमा दाङ राजधानी सार्ने षडयन्त्र भएको भन्दै त्यसको भण्डाफोर गरेरै छाड्ने चेतावनी दिए।

    नेपाली कांग्रेस पाल्पाका सभापति समेत रहेका रानाले भेगीय नाराभन्दा माथि उठ्न नसकेका शाशकहरुले प्रदेश ५ को राजधानीबारे अलोकप्रिय निर्णय गर्न थालेको बताए।

    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उनले भने, ‘मुलुक कोरोना कहरबाट आक्रान्त भएका बेला कर्फ्यु लगाएर राजधानी सार्ने प्रस्ताव किन ल्याइयो?’

    ‘मुख्यमन्त्री शंकर पोखरेलप्रति लक्षित हुँदै उनले अघि भने, ‘हाम्रा शाशकहरु भेगीय नाराबाट माथि उठ्न सकेका रहेनछन्, हामीले कस्ता व्यक्तिलाई छनौट गरेका रहेछौँ ।’

    उनले युगौँ युगका लागि हुने राजधानी जस्तो विषयमा निर्णय लिँदा उपयुक्त प्रस्तावहरुमाथि छलफल समेत गर्न नचाहने प्रवृत्ति झनै खतरनाक रहेको बताए ।

    उनले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अत्यन्तै सुझबुझका साथ अस्थायी राजधानी तोकेको स्मरण गरे।

    मुलुकमा अर्को नयाँ अधिनायकवाद लाद्न खोजिएको आरोप लगाउँदै रानाले कांग्रेसले त्यो सपना पूरा हुन नदिने चेतावनी दिए।

    ‘नेपाली कांग्रेसले राजा फाल्यो, राणा फाल्यो, बन्दुकबाट सत्ता कब्जा गर्छौँ भन्नेहरुलाई पनि संसदीय अभ्यासमा ल्यायो तर फेरि अहिले नयाँ सामन्तवाद र अधिनायकवादीहरु जन्मन थालेका छन्’, रानाले भने, बुटवलबाट राजधानी सार्ने प्रस्ताव फिर्ता नभए कांग्रेसले आन्दोलन थप चर्काउने छ।'


    सोमवार, आश्विन १९ २०७७०७:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij