Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुशासनका पक्षमा सरकारले चालेका कदममा साथ दिन प्रधानमन्त्रीको आग्रह

सुशासनका पक्षमा सरकारले चालेका कदममा साथ दिन प्रधानमन्त्रीको आग्रह

  • आइतवार, भाद्र १७ २०८०

  • 558
    SHARES

  • सुशासनका पक्षमा सरकारले चालेका कदममा साथ दिन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

    लामो समयदेखि निष्क्रिय हेलो सरकारको २४ घण्टै सेवा उद्घाटन गर्दै सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने आवश्यक भएको उहाँले बताउनुभयो ।

    प्रधानमन्त्रीले भन्नुभयो, ‘विश्वका लोकतान्त्रिक मुलुकहरूका लागि आजको प्राथमिकता भनेको नै सार्वजनिक निकायहरूमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवर्धन गरी नागरिकको विश्वास आर्जन गर्नु हो । वर्तमान राज्यप्रणालीप्रति नागरिकहरूको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो । यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान सक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवर्द्धनको कडीको रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारको विषयमा सचिवज्यूहरूसँगको बैंठकमा मैले दिशानिर्देश गरेको थिएँ । यसैगरी संसदमा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छु ।’

    हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।

    सुशासनका पक्षमा सरकारले चालेका कदमहरूमा साथ दिएर आ–आफ्नो स्तरबाट सहयोग गर्नु पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।


    आइतवार, भाद्र १७ २०८००२:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij