Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

महानगरका गाडी रोकिएको भन्दै सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

महानगरका गाडी रोकिएको भन्दै सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

  • आइतवार, भाद्र १७ २०८०

  • 386
    SHARES

  • महानगरका गाडी रोकिएको भन्दै सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिकाको गाडी रोकिएको भन्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिनुभएको छ ।

    गए राती सामाजिक सञ्जालमा लेख्दै मेयर साहले अबका दिनमा महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिनुएको छ । सरकालाई ‘चोर’ को संज्ञा दिँदै उहाँले आजबाट पनि महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लाईदिने भन्दै सरकारलाई याद राख्न भन्नुभएको छ ।

    मेयर साहले महागरका गाडीलाई कहिले कहाँ अवरोध भयो भन्ने चाहीँ खुलाउनु भएको छैन । मेयर साहको उक्त स्टाटसप्रति भने सामाजिक सञ्जालमा तीब्र प्रतिक्रिया देखिएको छ ।

    यस्तो छ मेयर साहको फेसबुक स्टाटसः

    ‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’


    आइतवार, भाद्र १७ २०८००८:३९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij