Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

८ वर्षपछि तातोपानी पुगेका नेपालीलाई चीनद्वारा स्वागत

८ वर्षपछि तातोपानी पुगेका नेपालीलाई चीनद्वारा स्वागत

  • शुक्रवार, भाद्र १५ २०८०

  • 1.1K
    SHARES

  • ८ वर्षपछि तातोपानी पुगेका नेपालीलाई चीनद्वारा स्वागत

    काठमाडौं । चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवतजावत खुला गरेको छ ।

    तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो । शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरे ।

    सांसद सापकोटासहितको नेपाली टोलीलाई तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र सिगात्छेका नगर प्रमुख पासाङले स्वागत गरेका थिए।

    सापकोटाले अब बन्द नहुने गरी नाकामा आवतजावत खोलिएको जानकारी चिनियाँ पक्षले गराएको बताउनुभयो । सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि पनि क्रमशः नाका खुला गर्दै जाने प्रतिबद्धता चिनियाँ पक्षले दिएको छ ।

    ‘आज विशेष दिन भएको हुनाले हामीलाई उहाँहरुले स्वागत गर्नुभयो’, सापकोटाले भन्नुभयो ‘अरु जिल्लाका सर्वसाधारणका लागि पनि क्रमिक रुपमा व्यवस्थित गर्दै पूर्ववत अवस्थामा नाका सुचारु गर्ने नीति रहेको जानकारी दिनुभयो ।

     


    शुक्रवार, भाद्र १५ २०८००२:१४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij