Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादीको विशेष रुपान्तरण अभियान भोलिदेखि, प्रचण्ड घट्टेडाँडा जाने

माओवादीको विशेष रुपान्तरण अभियान भोलिदेखि, प्रचण्ड घट्टेडाँडा जाने

  • शुक्रवार, भाद्र १५ २०८०

  • 722
    SHARES

  • माओवादीको विशेष रुपान्तरण अभियान भोलिदेखि, प्रचण्ड घट्टेडाँडा जाने

    काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने भएको छ ।

    देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडामा जाने छन् ।

    प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको भोलि बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुनेछ ।

    औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरी नगरपालिका वडा नम्बर २ घट्टेडाँडाको कार्यक्रममा जानु हुनेछ ।

    वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीकोे कार्यक्रममा जाने छन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ ।

    अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने उपाध्यक्ष सापकोटाले बताउनुभयो ।

     


    शुक्रवार, भाद्र १५ २०८००२:००:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij