Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल १७ बलमा १० विकेटले विजयी

नेपाल १७ बलमा १० विकेटले विजयी

  • शुक्रवार, भाद्र १५ २०८०

  • 2.8K
    SHARES

  • नेपाल १७ बलमा १० विकेटले विजयी

    काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमले विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ ।

    मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो ।

    कविता कुँवरले १४ बलमा १७ रन बनाइन् र तीन चौका प्रहार गरिन् । यस्तै, सीता रानागमरले दुई रन बनाइन् र नेपाल २.५ ओभरमा विना कुनै विकेटको क्षति जितसम्म पुगेको थियो ।

    नेपालकी कविता कुवँर र सीता राना मगरले क्रमशः १७ र २ रन बनाएका थिए । खेलमा नेपालले १३ अतिरक्त रन पाएको थियो । यसअघि खेलमा टस जितेर ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा ३१ रन बनाउँदै अल आउट भएको थियो ।त्यसमा रसनगिका हेराथले ११ रन बनाइन् र उनी नै दोहोरो अंक छुने एक मात्र ब्याटर रहिन् ।

    खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डंगोलले २ विकेट लिइन् भने भने कविता कुँवर, रुबिना क्षेत्र र पूजा महत्तोले एक–एक विकेट लिए । यसअघि बिहीबार भएको खेलमा पनि नेपालले मलेसियालाई ५ रनले हराएको थियो ।


    शुक्रवार, भाद्र १५ २०८००१:५५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij