Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एमाले विस्फोट हुँदैछ, धुजाधुजा हुन्छ : प्रचण्ड

नेकपा एमाले विस्फोट हुँदैछ, धुजाधुजा हुन्छ : प्रचण्ड

  • बिहिवार, भाद्र १४ २०८०

  • 3.9K
    SHARES

  • नेकपा एमाले विस्फोट हुँदैछ, धुजाधुजा हुन्छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने दाबी गर्नुभएको छ ।

    सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुन्छ ।’

    उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति भएको आरोप लगाउनुभयो । ओलीकै कारणले एमालेप्रति जनतामा निराशाा बढेको उहाँको बुझाइ छ ।


    बिहिवार, भाद्र १४ २०८००४:४७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij