Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चीनले जारी गरेको नक्सामा नेपालको भुभाग गायब पारिएको भन्दै बालेनले गरे भ्रमण रद्द

चीनले जारी गरेको नक्सामा नेपालको भुभाग गायब पारिएको भन्दै बालेनले गरे भ्रमण रद्द

  • बिहिवार, भाद्र १४ २०८०

  • 1.1K
    SHARES

  • चीनले जारी गरेको नक्सामा नेपालको भुभाग गायब पारिएको भन्दै बालेनले गरे भ्रमण रद्द

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ ।

    चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो ।

    तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उहाँले चीन भ्रमण रद्द गर्नुभएको हो ।

    ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेख्नुभएको छ ।

    नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।


    बिहिवार, भाद्र १४ २०८००२:००:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij