Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षण गरियो

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षण गरियो

  • आइतवार, आषाढ २१ २०७७

  • 961
    SHARES

  • मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षण गरियो

    मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो ।

    हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ यसबारे विस्तृतमा अपराह्न मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताइएको छ ।

    झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको थिएन । यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो । सो कम्पनीले निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।

    आयोजनाले बन्दाबन्दीको कारण सामान्य अवस्थामा जसरी काम गर्न सकेको थिएन । बन्दाबन्दी हुनासाथ यहाँ कार्यरत अधिकांश नेपाली मजदूर निर्माणस्थल छाडेका थिए । 

    मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिँदै । आइतबार बिहान ९ बजे मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । 


    आइतवार, आषाढ २१ २०७७०४:२५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij