Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शेयर बजार आज फेरि राताम्मे, यस्तो रह्यो कारोबारको अवस्था...

शेयर बजार आज फेरि राताम्मे, यस्तो रह्यो कारोबारको अवस्था...

  • मंगलवार, भाद्र १२ २०८०

  • 720
    SHARES

  • शेयर बजार आज फेरि राताम्मे, यस्तो रह्यो कारोबारको अवस्था...

    काठमाडौं। सेयर बजार परिसुचक नेप्से पुनः आज पनि राताम्मे भएको छ। हिजो सामान्य अंकले हरियो रहेको शेयर बजार आज फेरि उस्तै अंकले राताम्मे बनेको हो।

    हिजो ५ अंकले सकारात्मक रहेको पनि आज फेरी पाँचै अंकले ऋणात्मक रहेर १९ सय ९३ कायम भएर रोकियो। कारोबारको सुरुवाती समयमा बजार सकारात्मक रहेर २ हजारमाथि पुगे पनि वृृद्धि अन्तिमसम्म टिक्न नसक्दा कारोबार आज अर्ब नपुग्दै खुम्चियो।

    आज निजीबन बीमा, व्यापार, लगानी र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक बाँकी समूह रातो रहे। होटल तथा पर्यटन, उत्पादनमूलक, विकास बैंक र जलविद्युत समूह आधा प्रतिशत बढीले ओरालो लाग्दा बाँकी समूह सामान्य अंकले ऋणात्मक रहे।

    आज नेपाल स्टक एक्सचेन्जमा २ सय ७८ कम्पनीको ४० लाख कित्ता शेयर जम्मा ८६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ।आज १ सय ४४ कम्पनीको मूल्य घट्दा ६९ को बढ्यो।

    घटेको बजारमा पनि कुथरी बुखेरी हाइड्रोका लगानीकर्ताले १० प्रतिशत कमाउने क्रम जारी रहँदा ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो।

     


    मंगलवार, भाद्र १२ २०८००४:१८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij