हामीहरु हिन्दु, बौद्द, किँरातलाई धर्मको नाममा प्रचार गरिरहेका छौँ, न हिन्दु धर्म हो, न बौद्ध, न किँरात नै । यी सबै संस्कार अनि सभ्यताको रुपमा विकसित भएका रुपान्तरित पाटाहरु मात्रै हुन् । त्यसैले हामिले सुन्ने गरेका छौँ हिन्दु संस्कार र सभ्यता, बौद्द संस्कार र सभ्यता, किराँती संस्कार र सभ्यता, त्यहि भित्रको संस्कार र सभ्यता भित्र हामीहरु बाँधिन पुग्यौँ । तर, हामी सबैको मुल धर्म भनेकै सनातन धर्म हो ।
सनातन धर्मको परिधिभित्र जति पनि हामीहरु छौँ यसलाई ॐ कार परिवारको रुपमा सबै गोलबद्द भयौँ । एउटै आमा बाबूबाट जन्मिएको दाजुभाइ त एकदिन छुट्टिनु पर्छ भने ठूलो ॐ कार परिवार भित्रका दाजुभाइ पनि सनातन धर्मलाई अँगाल्दै छुट्टिभिन्न भएर आफ्नो आफ्नो छुट्टै समाज बनाउन थाले । जुन समाज भित्र उनिहरुले आफुलाइ आफ्नो माटो र परिवेष अनुसार आफ्नो सभ्यता र संस्कारको सिर्जना गरे । हो त्यहि संस्कार र सभ्यतालाई हिन्दु, बौद्द र किँरातको रूपमा नामाकण गरियो । तर, हामी त्यहि मुलघर सनातन धर्मलाई आधार बनाएर आ आफ्नो संस्कार र सभ्यतालाई मात्र विकसित गरेका हौँ ।
सनातन धर्मले बलिप्रथाको कल्पना समेत गरेको छैन । न हिन्दु संस्कार सभ्यता, न बुद्ध, न किँरात । तर हामी मानौँ कि नमानौँ यो बलि प्रथा संस्कार र सभ्यता भित्र भित्र्याइएका कुसंस्कार र कुसभ्यताको अतिवादि व्यवहार हो । बुद्दले त बाटोमा हिँडेका किरा मार्नु समेत महापाप भनेका छ्न । सदियौँ देखि सनातन धर्म भित्रको ॐ कार परिवारलाई जातियता र धार्मिक युद्धमा धकेल्न अनेकन आरोप लगाइएको छ, अनेक टिक्डम बाजि रचिएका छ्न यतिबेला।
भाई फुटे गभार लुटे भन्ने उखानलाई चरितार्थ गर्दै भाइभाइ बिच द्वन्द्व गराएर आफ्नो स्वार्थ परिपुर्ति गर्न युगाण्डा र सोमालिया तिरको बाटोमा लैजाने प्रयास भइरहेको छ । यो पश्चिमा अतिवादको मिसनरीलाई सफल बनाउन हिन्दु, बौद्ध र किराँती भित्रका केही धुन्दुकारी अतिबादीलाई विभिन्न बहाना र प्रलोभनमा किन्न उनीहरू सफल भएका छन । जसमा विभिन्न पार्टिका केही नेतालाई मुख्य मोहरा बनाइ राखेका छ्न।
जात भात र धर्मको हतियार बनाएर सामान्य नागरिक सम्म भाइरस रूपमा फैलाउन सफल हुँदैछन । होसियार, हामी सदियौँ वर्षदेखि मिलेर आएका एउटै परिवारलाई फुटाल्ने दुस्साहस कसैले नगरुन । यदि यो सफल भयो भने न हिन्दु, न बौद्ध, न किँरात, न मुस्लिम कोहि पनि रहने छैनन । यसबाट मलाई फाइदा उसलाइ घाटा भनेर कोहि पनि हौसिनु पर्दैन। प्रधानमन्त्री, मन्त्री, सांसद, पार्टीका अध्यक्ष, महामन्त्री, महासचिब बन्ने लालचमा देशलाई युद्धमा धकेल्ने सपना कसैले कल्पनामा समेत नगरुन् ।
अन्त्यमा, मोहरा बनाइएका नेताहरुले आफ्नो पद त पाउनु होला, जब उनिहरुले आफ्नो मिसिनरीमा सफल हुन्छ्न तब तपाईंहरुलाइ मकैलाई खोक्रो बनाएर घुनले छाडे सरह छाडिदिनेछन्। त्यतिबेला तपाईंहरुमा पश्चाताप गर्ने समय पनि रहने छैन । पद र डलरभन्दा भाइचारा जोगाउनु महान कर्म हो । हामी सबै अतिनै संयम बनौँ, चाहे हिन्दु, चाहे बौद्ध, चाहे किँरात, चाहे अरू जे सुकै किन नहौँ । सदियौँदेखिको संस्कार र सद्भावलाई असर पर्ने कुनै पनि काम कसैले पनि नगरौँ । आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारलाई पनि हनन गर्नु हुदैन भन्ने नभुलौँ । त्यो ख्याल गरिएन भने हामीलाई इतिहासले दोषी करार गर्ने छ । त्यसैले हामीलाई लडाउन खोज्नेहरूबाट सतर्क बनौँ, जिम्मेवार बनौँ, संवेदनशील बनौँ ।