काठमाडौं।भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ। ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ) देखी भुटानको पारो अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा सिधा उडान गर्न अनुमति पाएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले न्यारोबडी जहाजले चार्टर्ड उडान गर्न लागेको जानकारी दिनुभयो। भुलका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ ।
नयाँ विमानस्थलमा उडान सुरु हुन केही समय लाग्ने भएको र अब भने क्रमशः उडानहरु आउने थालेको उहाँले बताए ।चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको भन्दै पोखरामा अब नियमित उडान हुनेछ भन्ने विश्वास लागेको उहाँको भनाई थियो ।
अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।