Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाँदै

सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाँदै

  • आइतवार, भाद्र १० २०८०

  • 1.9K
    SHARES

  • सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाँदै

    काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् ।

    आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।

    अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

    यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ । मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाएपनि समर्थकको चाहना र आग्रहमा जान लागेको बताइएको छ ।


    आइतवार, भाद्र १० २०८००४:५२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij