Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महिला टी–२० सिरिजको उपाधि नेपाललाई

महिला टी–२० सिरिजको उपाधि नेपाललाई

  • शनिवार, भाद्र ९ २०८०

  • 1.4K
    SHARES

  • महिला टी–२० सिरिजको उपाधि नेपाललाई

    काठमाडौं । नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ।

    हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङका क्रममा नेपालले ५ दशमलव ३ ओभरमा ३७ रन बनाएर एक विकेट गुमाएको थियो। तर खेलका क्रममा अकस्मात पानी परेपछि खेल अवरुद्ध भएको थियो।

    पानी नरोकिएपछि खेल डीएलस मेथडमा गएको थियो। जहाँ नेपालले १३ रनले जित निकालेको हो। मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो।

    नेपालकी इन्दु बर्मा र सीता रानामगर नरआउट क्रिजमा थिइन्। इन्दु १९ बलमा २ चौकासहित १९ रन सीता १३ बलमा १ चौकासहित १३ रन बनाएर खेलिरहेकी थिइन्। नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो ।

    मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो। हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन्। बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एकरएक विकेट लिइन्।

    नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासँग ६ विकेटले पराजित भएको थियो। यस्तै हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो। नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।

    आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–२० सिरिजमा सहभागी भएका थिए। यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो।


    शनिवार, भाद्र ९ २०८००३:३६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij