Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देउडा र गौरा पर्व विदेशसम्म पनि फैलिएको छ : देउवा

देउडा र गौरा पर्व विदेशसम्म पनि फैलिएको छ : देउवा

  • बिहिवार, भाद्र ७ २०८०

  • 758
    SHARES

  • देउडा र गौरा पर्व विदेशसम्म पनि फैलिएको छ : देउवा
    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम र कर्णाली प्रदेशको देउडा र गौरा नेपालदेखि विदेशसम्म फैलिएको बताउनुभएको छ । उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्न आफूले पहल गर्ने बताउनुभयो । 
     
    गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आज आयोजित कार्यक्रममा सभापति देउवाले भन्नुभयो, ‘देउडा नृत्य र गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै होइन, कर्णाली र नेपालका साथै भारतको उत्तराखण्डका केही भागहरूमा समेत फैलिएको छ । सबैतिर गौरा पूजा गरेर पर्व मनाउने चलन बसेको छ । हामीकहाँ चर्चित देउडा नृत्य पनि उत्तराखण्डसम्म फैलिएको छ । यस कारण देउडा र गौरा पर्व देशमा मात्रै होइन, विदेशसम्म पनि फैलिएको छ ।’
     
    उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरेर मनाउने विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले कुन दिनलाई गौरा पर्व मनाउने विषयमा यकिन भए सरकारले त्यही दिनलाई सार्वजनिक बिदाको रुपमा घोषणा गर्ने बताउनुभयो ।
     


    बिहिवार, भाद्र ७ २०८००५:३७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij