Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रज्ञा प्रतिष्ठानको लागि बजेट बढाउनुपर्छ: कुलपति राइ

प्रज्ञा प्रतिष्ठानको लागि बजेट बढाउनुपर्छ: कुलपति राइ

समाज अन्वेषण जर्नल पनि सार्वजनिक
  • बुधवार, भाद्र ६ २०८०

  • 785
    SHARES

  • प्रज्ञा प्रतिष्ठानको लागि बजेट बढाउनुपर्छ: कुलपति राइ

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइले राज्यले प्रज्ञा प्रतिष्ठानको लागि बिनियोजन गर्ने बजेट बढाउनुपर्ने माग गर्नुभएको छ ।

    सस्कृतीलाइ एउटा प्राज्ञिक सत्ताको रुपमा बिकास गर्न आवश्यक रहेको तथा प्रज्ञा र प्राज्ञहरुलाइ उच्च सम्मान गर्नुपर्ने भएपनि सरकारले यसमा ध्यान नदिएको उहाँको गूनासो छ ।

    02 (1).jpg

    आज नेपाल प्रज्ञा प्रतिष्ठानको ४० औं प्राज्ञ सभाको उद्घाटन गर्दै कुलपति राइले सरकारले प्राज्ञ प्रतिष्ठान र प्राज्ञहरुलाइ सम्मान र मर्यादा नगरेको गुनासो गर्नुभएको हो । सरकारले सस्कृती र प्राज्ञिक फाँटलाइ हेर्ने नजर फेर्नुपर्छ –कुलपति राइले भन्नुभयो ।

    राजनिति र राज्य सत्ताको बीचमा प्रज्ञा र प्राज्ञहरु परेको भएपनि यसलाइ सुधार गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रज्ञाका एघारै जना प्राज्ञहरु ज्ञान र बिचारलाइ बिकन्द्रीकरण गर्ने तथा भाषा र सस्कृतीको जर्गेना गर्न लागि परेको भएपनि बजेट अभाबमा धेरै काम गर्न कठिन भएको कुलपति राइले बताउनुभयो ।

    कुलपति राइ, पुर्व कुलपति बैरागी काइला लगाएतले संयुक्त रुपमा उद्घाटन गरेको प्राज्ञ सभा आजै सकिएको छ । प्रज्ञालाइ नयाँ युग अनुसार अब कसरी अगाडी बढाउने भन्ने बारेमा सभामा पर्याप्त रुपमा छलफल भएको कुलपति राइले बताउनुभयो । प्रज्ञाको आगामी कार्यदिशा र नितीको बारेमा समान धारणा बनाउँदै सभा सकिएको भएपनि निर्णयहरु भने भोली मात्रै सार्वजनिक हुने छ ।

    यसअघि उद्घाटन कार्यक्रममा बोल्दै पुर्व कुलपति बैरागी काइलाले बिभिन्न भाषा र जातजातीका मौलिकता र सस्कृती बचाइराख्नको लागि प्रज्ञाले काम गर्नुपर्ने धारणा राख्नुभएको थियो । सबै भाषाभाषीको संरक्षण गर्दै काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ रहेको थियो । उद्घाटन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य प्रज्ञा प्रतिष्ठान, भाषा आयोग लगाएतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    समाज अन्वेषण जर्नल पनि सार्वजनिक

    प्रज्ञा प्रतिष्ठानको ४० औं प्राज्ञ सभाको उद्घाटनको अवसर पारेर आजै सामाजिक शास्त्र विभागको संयोजकत्वमा प्रकाशनमा आएको समाज अन्वेषण नामक जर्नल पनि सार्वजनिक गरिएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति राई, पुर्व कुलपति बैरागी काईंला, प्राज्ञ डा. कौशिला रिसाल तथा अन्य अतिथिहरुले संयुक्त रुपमा जर्नल सार्वजनिक गरेका हुन् ।

    kaushila Rishal.JPG

    बहुभाषिक, बहुसामाजिक, बहु सास्कृतिक नेपाली समाजको सामाजिक शास्त्र सम्बन्धि बिषयमा अनुसन्धानमुलक अर्धबार्षिक जर्नल प्रकाशन गर्न सुरुवात गरिएको सामाजिक शास्त्र विभागका प्रमुख प्राज्ञ डा. कौशिला रिसालले जानकारी दिनुभयो ।

    सामाजिक शास्त्र सम्बन्धि बिभिन्न बिषयका विज्ञले यसमा लेखहरु लेख्न सक्ने छन् । यसबाट देशको बहुभाषिक, सास्कृतिक तथा नेपालका समाज र सस्कृतीका हरेक पाटा उजागर गर्न थोरै भएपनि सहयोग पुग्ने विश्वास डा. रिसालले व्यक्त गर्नुभयो ।

    जर्नलको प्रधान सम्पादक रिसाल तथा कार्यकारी सम्पादक नारायण शर्मा रहनुभएको छ । 

     
     


    बुधवार, भाद्र ६ २०८००८:४७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij