Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुल्यो

झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुल्यो

  • बुधवार, भाद्र ६ २०८०

  • 551
    SHARES

  • झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुल्यो
    काठमाडौं ।  सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबार(आज)बाट सञ्चालन भएको छ । छानबिनका लागि आयोग गठन गर्ने दलहरूबीच सहमति भएपछि बैठक चलेको हो । एमालेले छानबिन आयोग बनाउने माग गरेर सदन अवरोध गर्दै आएको थियो ।
     
    प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधिसभालाई सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने दलीय सहमतिको जानकारी गराउनुभएको थियो ।


    बुधवार, भाद्र ६ २०८००५:२१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij