Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजको संसद् बैठक पनि चल्ने/नचल्ने अनिश्चित छ : मनबहादुर गुरुङ

आजको संसद् बैठक पनि चल्ने/नचल्ने अनिश्चित छ : मनबहादुर गुरुङ

  • बुधवार, भाद्र ६ २०८०

  • 511
    SHARES

  • आजको संसद् बैठक पनि चल्ने/नचल्ने अनिश्चित छ  : मनबहादुर गुरुङ

    काठमाडौं । नेकपा एमालेका नेता मनबहादुर गुरुङले आजको संसद् चल्ने कुरामा पनि संशय व्यक्त गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले सुन तस्कर प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउने भन्ने भएको सहमतिमा पुनर्विचार गर्ने भनेको कुरा नआएका कारण आजका लागि बोलाइएको संसद बैठक बस्ने या नबस्ने कुरामा अनिश्चित बनेको बताउनुभएको हो ।

    यस्तै सांसद गुरुङले एमालेका कारण संसद् अवरुद्ध नभएको दाबी गर्दै सुन तस्करीमा सरकारप्रति नै प्रश्न उठेपछि आफूहरुले उच्चस्तरीय छानबिनको माग राखेको स्पष्ट पार्नुभयो । एक महिनासम्म पनि सरकारले समिती बनाउन आनाकानी गरेकोमा उहाँले शंका व्यक्त समेत गर्नुभएको छ ।

    यस्तै ललिता निवास प्रकरणमा नेता गुरुङले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्ने व्यक्ति खुलेआम भाषण गरेर हिँड्ने, जग्गा मिलाउने खुलेआम बस्ने अनि पैसा हालेर किन्ने मान्छेलाई जेलमा कोच्ने नियत राखिएको आरोप लगाउनुभएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै दिएको रिपोर्टकै फोटोकपी सीआईबीले पनि दिएकाले यसको कुनै पनि अर्थ नरहेको पनि उहाँको भनाइ छ ।

    सिआईबले ललिता निवास जग्गा प्रकरणसम्बन्धी प्रतिवेदन हिजो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।


    बुधवार, भाद्र ६ २०८००८:४७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij