Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षा विधेयक २०८० माथि गाउँपालिका र नगरपालिका संघको ध्यानाकर्षण (विज्ञप्तिसहित)

शिक्षा विधेयक २०८० माथि गाउँपालिका र नगरपालिका संघको ध्यानाकर्षण (विज्ञप्तिसहित)

  • सोमवार, भाद्र ४ २०८०

  • 1.2K
    SHARES

  • शिक्षा विधेयक २०८० माथि गाउँपालिका र नगरपालिका संघको ध्यानाकर्षण (विज्ञप्तिसहित)

    काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले सरकारले संसदमा प्रस्तुत गर्न लागेको शिक्षा विधेयक २०८० माथि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शिक्षा विधेयकमा ल्याउन खोजिएका कतिपय प्रावधानहरु संघीयताको मर्मविपरित रहेको उनीहरुको दाबी छ ।

    शिक्षा विधेयक संसदमा पेश हुनुपूर्व केही प्रावधान सुधार हुनुपर्ने उनीहरुको सुझाव छ । बदलिएको परिस्थिति र अनुकुलतालाई हेरेर कानून परिमार्जन आवश्यक भएपनि समय सुहाउँदो हुनुपर्ने उनीहरुको माग छ ।

    गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघको विज्ञप्ति : 


    उपर्युक्त सन्दर्भमा ढिलो गरी भएपनि संघीय संसदमा प्रवेश पाउन लागेको “विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्ने विधयेक २०८०“ लाई सकारात्मक लिदैं स्वागत गर्दछौं । तर विधयेकमा रहेका कतिपय प्रावधानहरु संघीय प्रणालीलाई नै चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुने प्रकृतिको पाइएकोले उक्त विधयेक संसदमा पेश हुनु अगावै तपसिलका विषयमा सुधार हुन आवश्यक देखि सम्माननीय प्रधानमन्त्रीज्यूमा अनुरोध सहित ध्यानाकर्षण गर्दछौं ।

    यो संघीय शिक्षा विधयेक नभई विद्मालय शिक्षा सम्बन्धी संघीय विधयेक हो र यो विषय संविधानको अनुसूची ८ को सूची नं. ८ अनुसार स्थानीय सरकारको एकल अधिकारक्षेत्र भित्र मात्र पर्ने भएकोले विद्मालय शिक्षा (आधारभुत तथा माध्यमिक शिक्षा) सञ्चालनको न्यूनतम राष्ट्रिय मापदण्डलाई मात्र यस विधयेकले समेट्नु पर्दछ । राष्ट्रिय मापदण्डको आधारमा संविधानको धारा ५७ को उपधारा (४) र अनुसूची ८ सूची नं. ८ बमोजिम सम्बन्धित स्थानीय सरकारले आफै कानुन बनाएर कार्यान्वयन गर्न पाउनु पर्दछ ।

    विद्मालय शिक्षाको राष्ट्रिय नीति र यो विधयेक अनुसूची ८ मा रहेको स्थानीय तहको एकल अधिकारलाई पुरै वेवास्ता गरी अनुसूची ९ को साझा अधिकारलाई कार्यान्वयन गर्नेगरी तयार पारिएकोले यो संविधानको व्यवस्था र मन्त्रिपरिषदले नै स्वीकृत गरेको कार्यविस्तृतीकरण प्रतिवेदन २०७३ विपरित रहेको छ । अनुसूची ९ को साझा अधिकारको सूची नं. २ मा रहेको “शिक्षा, खेलकुद र पत्रपत्रिका“ मध्ये “शिक्षा“ क्षेत्रको कार्यविस्तृतीकरण गर्दा “अनुसूची ८ (८) मा समावेश भएको“ उल्लेख छ ।कार्यविस्तृतीकरण प्रतिवेदनले समेत स्वीकार गरिसकेको छ कि साझा अधिकार सूचीमा रहेको शिक्षा क्षेत्र अनुसूची ८ स्थानीय तहको एकल अधिकार क्षेत्रमा समावेश भैसकेको छ ।

    यो विधयेकले साविकमा खारेज भैसकेका संस्थागत संरचना (जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग आदि) हरु पुन व्यूँताउन खोजेको छ र प्रधानाध्यापकको छनौट फेरी जिल्ला शिक्षा कार्यालयबाट गर्न खोजिदैछ । यो व्यवस्था संबिधान विपरित हुनुको साथै यसले स्थानीय तहको स्वायत्तता र अधिकारमा ठाडो हस्तक्षेप गरेको छ । संविधानको अनुसूचीमा कतै पनि जिल्लाको भूमिका छैन र यसो गर्नु भनेको २०८० को ऐनलाई २०२८ मै फर्काउनु हो । राष्ट्रिय समन्वय परिषदको असार १६ गते भएको पहिलो बैठकले गठन गरेको “एउटै प्रकृतिको कामको लागि अलग अलग संरचना हटाउन प्रधानमन्त्री कार्यालयका प्रादेशिक संरचना हेर्ने सचिवको संयोजकत्वमा कार्यदल“ ले काम गरिरहेको सन्दर्भमा हटाइसकिएका कार्यालयहरु पुनर्स्थापना गर्न खोज्नु स्वयम् सम्माननीय प्रधानमन्त्रीज्यूकै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको समेत विपरित रहेको छ ।

    बिधेयकको अन्तरवस्तुमा प्रवेश गरेर अध्ययन गर्दा उल्लेखित प्रावधान बाहेक विधयेकले अन्य धेरै व्यवस्थाहरु संबिधानले स्थानीय सरकारलाई दिएको अधिकार क्षेत्रलाई संकुचन र बेवास्ता गरेको छ ।

    संबिधान र संघीयता कार्यान्वयनमा सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनु भएको प्रतिबद्दतालाई हामी सबै स्थानीय सरकारहरुले आशा, विश्वास र भरोसाको रुपमा लिएका छौं । यहाँको कार्यकालमा संबिधान र संघीयता विपरितका कुनै पनि कार्य हुने छैनन् र दवाव समूहहरुको चंगुलमा परी पुनः केन्द्रिकरणको अभ्यास हुने छैन भन्नेमा हामी पूर्णरुपमा विश्वस्त छौं ।

    तसर्थ, विद्मालय शिक्षा सञ्चालनको लागि तयार भएको विधयेकमा संबिधानको व्यवस्था दृष्टिगत गरी सरोकारवाला र स्थानीय सरकारका संघ÷महासंघसँग परामर्शमा संशोधन गरेर मात्र संसदमा पेश गर्न हार्दिक अनुरोध गर्दछौं । अन्यथा, संबिधान र संघीयता बिपरित, विद्मालय शिक्षालाई पुनः केन्द्रिकृत गर्न स्थानीय सरकारको अधिकारमा अँकुश लगाउने गरी आउने विद्मालय शिक्षा ऐन स्थानीय सरकारका लागि मान्य नहुने व्यहोरा समयमा नै अवगत गराउँदछौं ।

    लक्ष्मीदेवी पाण्डे

    अध्यक्ष

    गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल

    भीमप्रसाद ढुंगाना

    अध्यक्ष

    नेपाल नगरपालिका संघ

    बोधार्थ
    माननीय सांसदज्यूहरु, संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)
    माननीय मन्त्रीज्यू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायल

     


    सोमवार, भाद्र ४ २०८००७:१३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij