Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपालमा प्याजको मुल्य आकासिदैं, भारतले लगायो ४० प्रतिशत निर्यात कर

नेपालमा प्याजको मुल्य आकासिदैं, भारतले लगायो ४० प्रतिशत निर्यात कर

  • आइतवार, भाद्र ३ २०८०

  • 567
    SHARES

  • नेपालमा प्याजको मुल्य आकासिदैं, भारतले लगायो ४० प्रतिशत निर्यात कर

    काठमाडौं। नेपालमा प्याजको मुल्य फेरि बढ्ने भएको छ। भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएसँगै यसको असर नेपालमा पनि पर्ने भएको हो। प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले एक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्मका लागी प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको हो।

    कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ। विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ। निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ। हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ।

    नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ। भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ।

     


    आइतवार, भाद्र ३ २०८००२:४३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij