Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

विद्युत प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड नाघ्यो

विद्युत प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड नाघ्यो

  • शुक्रवार, भाद्र १ २०८०

  • 680
    SHARES

  • विद्युत प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड नाघ्यो

    काठमाडौं। नेपाल विद्युत प्राधिकरण लगातार नाफामा पुगेको छ। प्राधिकरणले आफ्नो ३८ औं वार्षिक उत्सवमा सार्वजनिक गरेको विवरणअनुसार प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसै प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताइएको छ।

    प्रवन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड रुपैयाँ र सञ्चित नोक्शानी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन सुरु गरेको बताउनुभयो।

    उहाँले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको जानकारी दिनुभयो। घिसिङले प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताउनुभयो ।

    उहाँले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको बताउनुभयो। उहाँले प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताउनुभयो।

    घिसिङले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको बताउनुभयो । आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको उहाँले जानकारी गराउनुभयो ।

     


    शुक्रवार, भाद्र १ २०८००४:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij