Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने, को–को परे टीममा ?

नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने, को–को परे टीममा ?

  • शुक्रवार, भाद्र १ २०८०

  • 1.2K
    SHARES

  • नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने, को–को परे टीममा ?

    काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ ।

    नेपाल क्रिकेट संघ ९क्यान० स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने तयारी भइरहेको छ ।

    ‘अहिले नै मिति निश्चित भएको छैन तर सम्भवतः २३ तारिख टिमलाई पठाउने तयारी रहेको छ’, स्रोतले भन्यो । नेपाली टिमले एसिया कप अगाडि पाकिस्तानसँग केही अभ्यास खेल र तयारीका लागि टिमलाई १ हप्ताअघि नै पाकिस्तान पठाउने तयारी क्यानले गरेको हो ।

    एसिया कप आउँदो अगष्ट ३१ बाट सुरु हुँदैछ । जसमा पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

    नेपालका लागि क्यानले एसिया कपका लागि १७ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीमा रहेको सन्दीप लामिछानेका बलात्कार मुद्दाको पेसी सरेकाले उनी पाकिस्तान जाने नजाने अन्योल छ ।

    एसिया कपका लागि नेपाली टोली

    रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।

     


    शुक्रवार, भाद्र १ २०८००२:४७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij