Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

फेरी बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँको भाडा कती.. (सूचीसहित)

फेरी बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँको भाडा कती.. (सूचीसहित)

  • बुधवार, श्रावण ३१ २०८०

  • 529
    SHARES

  • फेरी बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँको भाडा कती.. (सूचीसहित)

    काठमाडौं। सार्वजनिक गाडीको भाडा फेरी बढेको छ। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो ।

    सरकारले तोकेको नयाँ भाडादर अनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव ८३ प्रतिशतले बढेको हो ।

    बढेको भाडादर आजैदेखि लागू भएको छ। विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ ।

    नेपाल आयल निगमले हिजो मङ्गलवार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो।


    बुधवार, श्रावण ३१ २०८००२:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij