काठमाडौं । बालुवाटारमा जारी सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठकमा ललिता निवास प्रकरणमा अदालतले दिएको आदेश कार्यान्वयनबारे गम्भीर विमर्श भएको छ । बैठकमा महान्यायाधीवक्ता र कानूनविदहरुसमेत सहभागी छन् ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन पूर्वप्रधानमन्त्रीहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।
उक्त आदेशबमोजिम पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पनि अनुसन्धानमा तान्नुपर्ने भएपछि सरकार अप्ठेरोमा परिरहेको छ । यसकै गाँठो फुकाउन आज कानूनविदहरुसहितको बैठक डाकिएको हो ।
यसैगरी, गौर हत्याकाण्डको अनुसन्धानको विषयमा पनि गठवन्धन वैठकमा छलफल भएको बुझिएको छ । सरकारले गौर हत्याकाण्डका पीडितसँग दोषिहरुलाई कानूनी कठघरामा ल्याउने सम्झौता गरेको थियो ।
तर, उक्त सम्झौताको सत्ताधारी दल जनता समाजवादी पार्टीले विरोध गरिरहेको छ ।