Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बरामद क्विन्टल सुन पगाल्न सुरु,यस्तो छ प्रक्रिया..

बरामद क्विन्टल सुन पगाल्न सुरु,यस्तो छ प्रक्रिया..

  • सोमवार, श्रावण २९ २०८०

  • 809
    SHARES

  • बरामद क्विन्टल सुन पगाल्न सुरु,यस्तो छ प्रक्रिया..

    काठमाडौं। अवैध रुपमा विमानस्थलबाट नेपाल भित्रिएपछी बरामद गरिएको एक क्वीन्टल सुन पगाल्न सुरु गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट गत साउन २ गते बरामद भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगाल्न थालिएको हो।

    आज नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुका लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर परिमाण यकिन गर्न पगाल्ने प्रक्रिया सुरु गर्नुपुर्व महाशाखाले एउटा ब्रेक सुन खोलेर देखाएको छ।

    टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम सुरु गरेको बताउनुभयो। उहाँले सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजस्व अनुसन्धान विभागसहित निष्पक्ष रुपमा सुन जोख्ने काम गरिने बताउनुभयो।

    उहाँले ब्रेक सु र सुन छुट्याएपछि सुनलाई गालेर जोखिने बताउनुभयो। उहाँले एउटा ब्रेक सु खोलेर डेमो गर्दा २० वटा सुन भेटिएको बताउनु भयो। राजस्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सु सहितको सुनको तौल १५५ रहेको छ।

    सुन छुट्याइसकेपछि सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ। त्यसपछि गुणस्तर जाँच तीन दिनमा सक्नेछ ।


    सोमवार, श्रावण २९ २०८००४:१८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij