Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर तिरेर आवश्यकता अनुसार सुन ल्याउन दिनुपर्छ : देउवा

कर तिरेर आवश्यकता अनुसार सुन ल्याउन दिनुपर्छ : देउवा

  • सोमवार, श्रावण २९ २०८०

  • 723
    SHARES

  • कर तिरेर आवश्यकता अनुसार सुन ल्याउन दिनुपर्छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

    सोमबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कर तिरेर सुन ल्याउन दिनुपर्ने बताएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

    हाल नेपालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत दैनिक १० किलो सुन बजारमा पठाउने गरेको छ । व्यवसायीहरुले यति सुनले आन्तरिक माग पनि नधान्ने भन्दै कोटा बढाउन माग गर्दै आइरहेका छन् ।

    देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिएमा तस्करी नियन्त्रण हुने धारणा राखेका ती नेताले बताएका छन् ।

     


    सोमवार, श्रावण २९ २०८००२:२१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij