काठमाडौं । जापानको विदेश मन्त्रालय तथा The Peace Piece Project द्वारा आयोजना गरिएको 4th International Children’s World Peace Summit मा नेपालबाट कृसांसु बहादुर सुवेदी क्षेत्री सहभागी हुनुभएको छ ।
विश्वभरिबाट सहभागिताका लागि आव्हान गरिएकोमा अमेरिका, फ्रान्स, जापान, थाइल्यान्ड, श्रीलंका, मलेसिया, लिथुवानिया लगायतका मुलुकबाट १२ सहभागी थिए ।
दोस्रो विश्वयुद्धमा जापानमा एटम बम खसालिएको समयावधि पारेर विश्वशान्ति अभियानमा युवाहरूको विचार र चिन्तनलाई प्रस्तुत गर्न यो कार्यक्रम निरन्तर गरिएको छ ।
नेपालबाट सहभागी कृसांसुले लुम्बिनी नेपालमा जन्मिएका भगवान बुद्धले विश्वशान्तिको सन्देश फैल्याएको धारणा राख्दै बुद्धको सन्देशको सार विश्वबन्धुत्व र दीगो शान्ति रहेको बताउनुभयो।
सहभागी कृसांसु लगायत केही सहभागी उत्कृष्ट सहभागी पुरस्कार पनि प्राप्त गरेका थिए । कृसांसु अमेरिकाको प्रसिद्ध युनियन कलेजमा इन्जीनियरिंग अध्ययनरत हुनुहुन्छ भने हालै प्रा डा महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रमा मोहन तामांगको नेतृत्वमा रहेको रकेट निर्माण सम्बन्धी आयोजनामा प्रशिक्षार्थी हुनुहुन्छ ।