Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को नतिजा साउन मसान्तभित्रै सार्वजनिक गरिने

कक्षा १२ को नतिजा साउन मसान्तभित्रै सार्वजनिक गरिने

  • आइतवार, श्रावण २८ २०८०

  • 2.2K
    SHARES

  • कक्षा १२ को नतिजा साउन मसान्तभित्रै सार्वजनिक गरिने
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गरिने जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा तयारीको काम भइरहेको र प्राविधिक समस्या नआए साउनभित्रै नतिजा सार्वजनिक गरिने बताउनुभयो । वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । 
     
    उहाँले भन्नुभयो, ‘भदौ नपुग्ने गरी काम गरिरहेका छौं, प्राविधिक समस्या आए कहिलेकाहीं के भन्न सकिन्छ र १’ उत्तर पुस्तीका परीक्षण सकेर बोर्डले विद्यार्थीको प्राप्तांक इन्ट्री र रुजु गर्ने काम भइरहेको जनाएको छ । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
     
    प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । तीमध्ये २ विषयसम्म एनएजी आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपालि ग्रेडवृद्धि परीक्षा दिएका थिए ।
     
    लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।


    आइतवार, श्रावण २८ २०८००६:२४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij