Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

५५ लाख बक्यौता तिरेसँगै सिम्रिक एयरको उडान प्रतिबन्ध फुकुवा

५५ लाख बक्यौता तिरेसँगै सिम्रिक एयरको उडान प्रतिबन्ध फुकुवा

  • आइतवार, श्रावण २८ २०८०

  • 506
    SHARES

  • ५५ लाख बक्यौता तिरेसँगै सिम्रिक एयरको उडान प्रतिबन्ध फुकुवा
    काठमाडौं । सिम्रिक एयरलाई नागरिक उड्डयन प्राधिकरणले लगाएको उडान प्रतिबन्ध फुकुवा भएको छ ।
     
    सिम्रिक एयरले ५५ लाख रुपैयाँ बक्यौता भुक्तानी गरेपछि उडान प्रतिबन्ध फुकुवा गरिएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।
     
    यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौंबाहिरका ३० गरी ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसनलगायत शुल्क पटक पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले बिहीबारदेखि उडानमा प्रतिबन्ध लगाएको थियो ।


    आइतवार, श्रावण २८ २०८००५:५४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij