Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाउने तयारी

पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाउने तयारी

  • आइतवार, श्रावण २८ २०८०

  • 1.1K
    SHARES

  • पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाउने तयारी

    काठमाडौं। काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

    अनुगमन समितिको आज बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिनुभयो।

    पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उहाँले बताउनुभयो ।

    ‘खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ’ उहाँको भनाई थियो ।
    बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो । जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल टोली परिचालन गर्ने उहाँको भनाइ छ ।

    यस्तै काठमाडौं महानगरले पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट गनै अभियानलाई निरन्तरता दिने भएको छ ।


    आइतवार, श्रावण २८ २०८००४:०४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij