Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

ठुलो दुर्घटनाबाट जोगियो बुद्धको जहाज, काठमाडौं नै फर्काइयो

ठुलो दुर्घटनाबाट जोगियो बुद्धको जहाज, काठमाडौं नै फर्काइयो

  • बिहिवार, श्रावण २५ २०८०

  • 4.0K
    SHARES

  • ठुलो दुर्घटनाबाट जोगियो बुद्धको जहाज, काठमाडौं नै फर्काइयो

    काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्काएर अवतरण गराइएको छ ।

    काठमाडौंबाट भैरहवाको उडान ८५७ नम्बरको जहाजमा आज दिउँसो प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौं विमानस्थलमा अवतरण गराइएको विमानस्थलका प्रवक्ता विजय ढुंगानाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार १० माइल टाढा पुगेको जहाजको इण्डिकेटरमा समस्या देखिएपछि फर्काइएको हो ।

    विमानमा सवार यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको बुद्ध एयरलाइन्सले जनाएको छ । एयरलाइन्स्का अनुसार समस्या देखिएको जहाज नाइन एन–एएनपीलाई टेक्निकल टिमले जाँच गरिरहेको छ ।


    बिहिवार, श्रावण २५ २०८००३:४६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij