Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्तापक्षले नै संसद्लाई बन्धक बनाइरहेको छ : महेश बर्तौला

सत्तापक्षले नै संसद्लाई बन्धक बनाइरहेको छ : महेश बर्तौला

  • बिहिवार, श्रावण २५ २०८०

  • 579
    SHARES

  • सत्तापक्षले नै संसद्लाई बन्धक बनाइरहेको छ : महेश बर्तौला

    काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षले नै संसद्लाई बन्धक बनाएको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बर्तौलाले एमालेले संसद बन्धक बनाएको नभइ सरकारले नै संसद् खोल्न नखोजेको आरोप लगाउनुभयो ।

    सुन तस्करीमा सरकारका उच्चपदस्थ अधिकारी र मन्त्रीे नेतृत्वको संलग्नता र संरक्षणको गन्ध आइरहेको बताउँदै उहाँले उच्चस्तरीय छानबिन समितिको माग गर्दा सरकार तयार नभएकोमा आपत्ती जनाउनुभयो ।

    सत्तापक्षले नै संसद्लाई भिडन्त र द्वन्द्वमा लैजान चाहेको समेत उहाँको आरोप लगाउँदै सत्तापक्षले दादागिरी देखाएको नेता बर्तौलाको तर्क रहेको छ । यस्तै, उच्चस्तरीय छानबिन समिति बनाउँछु भनेर प्रतिबद्धता आउनेबित्तिकै ३० सेकेन्डमै संसद खुल्ने नेता बर्तौलाको दाबी छ ।

    सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग राख्दै नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न सरकार तयार हुँदैन तबसम्म अवरोध जारी रहने एमालेले चेतावनी दिएको छ ।


    बिहिवार, श्रावण २५ २०८००९:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij