Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महिला विश्वकप फुटबल : जमैकालाई हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा

महिला विश्वकप फुटबल : जमैकालाई हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा

  • मंगलवार, श्रावण २३ २०८०

  • 484
    SHARES

  • महिला विश्वकप फुटबल : जमैकालाई हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा

    काठमाडौं । जमैकालाई १–० ले पराजित गर्दै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    मेलबर्नमा कोलम्बियाको कप्तानी गरेकी क्याटालिना उस्मेले ५१ औं मिनेटमा निर्णायक गोल गर्दै क्वार्टरफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गरेकी हुन् । यी दुईबीचको क्वार्टरफाइनल खेल शनिबार सिड्नीमा हुने छ ।

    कोलम्बिया महिला विश्वकपको अन्तिम आठमा पुगेको यो पहिलो पटक हो । यस हारसँगै जमैका भने घर फर्कन बाध्य भयो ।


    मंगलवार, श्रावण २३ २०८००४:२१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij