Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित

  • सोमवार, श्रावण २२ २०८०

  • 429
    SHARES

  • प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

    सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आइरहेपछि बैठक पटक पटक नबसी स्थगित हुँदै आइरहेको छ ।

    सदनको अवरोध खुलाउनेबारे प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख छलफल गरिरहेका छन् ।

    छलफलमा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ । प्रधानमन्त्री प्रचण्ड भने समिति बनाउन तयार छैनन् ।

     


    सोमवार, श्रावण २२ २०८००४:५७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij