काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा उच्च गिरावट आएको छ । आज बजार ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा घटेको छ। यो १.८३ प्रतिशतको गिरावट हो। आज २६५ धितोपत्रको ६१ हजार ९१७ कारोबारबाट ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम भने २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ ।
आज वित्त, होटल तथा पर्यटन र व्यापार उपसूचकमा बढी गिरावट आएको छ। बैंकिङ उपसूचक १.७० प्रतिशतले घटेको छ। कृषि विकास बैंक, पिपुल्स पावर, नेपाल एसबीआई बैंक डिभेन्चरसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ।
प्रोग्रेसिभ फाइनान्स, अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।आज सानिमा बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ।
आज वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिस्कृत रिपोर्ट आएको छ । रिपोर्ट अनुसार आधा दर्जन बैंकले यस वर्ष लाभांश खुवाउन नसक्ने अवस्था देखिएको छ ।